एनभिए च्याम्पियनसिपः महिलातर्फ विभागीय नेपाल पुलिस र आर्मी क्लबको विजयी शुरुवात

पुरुषतर्फ नेपाल पुलिस क्लब र न्युटन भलिबल एकेडेमी खेल्दै

काठमाडाैं | पुस २४, २०७९

एनभिए च्याम्पियनसिपः महिलातर्फ विभागीय नेपाल पुलिस र आर्मी क्लबको विजयी शुरुवात

काठमाडौंः   काठमाडौंमा आज (आइतबार)देखि शुरु भएको सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विगागीय क्लब नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेका छन् । 


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्  (राखेप)को कभर्डहलमा आज(आइतबार) भएको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले नयाँ बजार समाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो । 


पुलिसले २५–१०, २५–६ र २५–८ को सोझो सेटमा नयाँ बजार सामाजिक युवा क्लबलाई पराजित गरेको हो । जितसँगै समुह ‘ए’मा पुलिसले ३ अंक जोडेको छ, नेपाल पुलिस क्लबकी उषा भण्डारी केल्मी प्लेयर अफ दि म्याच घोषित भइन् । यो समूहमा पुलिससँगै होङग्वान्जी न्यू डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब र नयाँ बजार रहेको छ ।

 


यस्तै आज नै भएको दोस्रो खेलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा त्रिभुवन आर्मी क्लबले कृष्ण सेकेन्डरी एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।  आर्मीले कृष्णमाथि २५–३, २५–५ र २५–१० को सेटमा पराजित गरेको हो । आर्मीकी सृष्टि खड्गी केल्मी प्लेयर अफ दि म्याच घोषित भइन् । 


पहिलो जितसँगै आर्मीले समूह ‘बी’ मा ३ अंक जोडेको छ । यो समूहमा आर्मीसँगै एपिएफ, गण्डकी प्रदेश, कृष्ण सेकेन्डरी एकेडेमी रहेको छ ।


आज पुरुषतर्फ नेपाल पुलिस क्लब र न्युटन भलिबल एकेडेमी तथा त्रिभुवन आर्मी क्लब र दावाली मिलान क्लबबीच प्रतिस्पर्धा हुँदैछ । माघ १ गतेसम्म हुने च्याम्पियनसिपमा पुरुषतर्फ १५ र महिलामा ८ टोलीको सहभागिता रहेको छ ।


पुरुष र महिला दुवै तर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन् । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागततर्फ (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै इन्टरनेट सेवा प्रदायक भाएनेटले प्रतियोगिताको विधागत उत्कृष्टलाई ३ महिना र सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई ६–६ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्